१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो

इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ।

शुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो।

सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ।

मिनिरल वाटरको बोटलमा राखिएको पानीमा लार्भाजस्तो वस्तु देखिएपछि अनुगमनका लागि सम्बन्धित विभागमा सिल गरेर पठाउने काम गरिएको काठमाडौं महानगरपालिकाका प्राविधिक अशोक पराजुलीले जानकारी दिए।

उनले भने, ‘यो हामी विभागमा जान्छौँ । अनि उहाँहरुसँग लिखित स्पष्टिकरण माग्छौं। उहाँहरुलाई कारबाहीका लागि के गर्ने भनेर माथिबाट सरहरुले निर्णय गर्नुहुन्छ । कारबाही तोक्ने कुरा उहाँहरुले गर्नु हुन्छ। मैले पानीमा हेर्दाखेरी लार्भा जस्तो कीराहरु देखिएको छ। यो एउटा कैफियत नै हो। कारबाही हाम्रो कृषि तथा पशुपंक्षी विभागले गर्छ। किटाणु नै भन्न सकिएन। तर प्रारम्भिक रुपमा लार्भा हो जस्तो लाग्यो। स्थानीय ऐन अनुसार उहाँहरुमाथि कारबाही हुन्छ।’

प्राविधिक पराजुलीका अनुसार काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सो वाटरमा रहेको लार्भाजस्तो वस्तु किटाणु हो/होइन ? परीक्षण गरेर मात्रै कानूनी कारबाहीको प्रक्रियामा अघि बढाउनेछ।  

प्रकाशित: २५ श्रावण २०८१ १८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App