३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामी बोकेर उडेको हेलिकोप्टर मौसम खराबीका कारण खेतमै आकस्मिक अवरतण

डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।

लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। तर,बाटोमै मौसम खराब भएपछि लेकवेशी नगरपालिका–६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो। मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइपुर्‍याइएको छ।

विरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८१ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App