२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य बिमालाई लयमा ल्याउँछौंः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई लयमा ल्याउने बताएका छन्।

न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी अस्पताल विराटनगरले अत्याधुनिक मेशिनबाट सुरू गरेको एक्स–रे, एमआरआईलगायतका सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य अलमलिएको स्वास्थ्य बिमालाई लयमा ल्याउने बताए।

मुख्यमन्त्री कार्कीले स्वास्थ सेवामा नागरिकको पहुँच विस्तारका लागि अलमलिएको स्वास्थ्य बिमा कार्यक्रमलाई लयमा ल्याउन आवश्यक रहेको बताए। कार्कीले भने, ‘स्वास्थ्य बिमा अलमलिएको छ। त्यसलाई लयमा ल्याउन प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा व्यवस्था गरेको छ।’

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवा ५० लाख प्रदेशवासीको घर–घरमै पु¥याउने योजना समेत बजेटमा ल्याएको जानकारी दिए। उनले प्रदेश सरकारले मोवाईल भेनमार्फत प्रदेशका नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजना कार्यान्वयनको तयारी गरेको बताए।

कार्कीले सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने धारणा राखे। कार्कीले विगत २४ वर्षदेखि उत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्दै आएको न्यूरो अस्पतालले आगामि दिनमा पनि विरामीको मन जित्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालका अप्रेसनल इन्चार्ज राजेश भट्टराईले अस्पतालले भित्राएको अत्याधुनिक मेशिनले बिरामीलाई सहज रुपमा गुणस्तरिय सेवा प्रबाह गर्ने बताए। अस्पतालले ल्याएको मेशिन नेपालकै पहिलो अत्याधुनिक मेशिन भएको भट्टराईको दाबी छ।

कार्यक्रममा अस्पतालका सञ्चालक वीरेन्द्र विष्टले अस्पतालले नेपालमै पहिलोपटक अत्याधुनिक मेशिनबाट सेवा प्रदान गर्न पाएकोमा अस्पताल टिम गौरम्भावित भएको बताए। उनले समयानुकुल नयाँ–नयाँ प्रविधिबाट सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल तत्पर रहेको स्पष्ट पारे। अस्पतालले बिहीवारदेखि एआई पावरर्ड १२८ सीटी स्क्यान र डेक्सा स्क्यानबाट सेवा प्रदान गर्न थालेको छ।

प्रकाशित: ११ श्रावण २०८१ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App