४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बेचन झा थुनामै रहने

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झाविरुद्धको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कानुन बमोजिम गर्न आदेश गरेको छ। योसँगै झा थुना मै रहने भएका छन्।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी उनलाई रिहाको आदेश दिन अस्वीकार गरेको हो।

जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले थुनामै राखेर पुर्पक्ष गर्ने जिल्लाको आदेश सदर गरिदिएको हो।

संगठित अपराधमा अनुसन्धानका लागि पटक-पटक म्याद थप गरेर जिल्ला अदालतले थुनामा राखेपछि झाका छोरा दिब्यान्सु शेखरले असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

थुनामा राखेर काठमाडौं प्रहरीले झाविरुद्ध अनुसन्धान जारी राखेको छ। उनीसँगको बयान सकिएको र उनीविरुद्ध पूरक अभियोग पत्र दायर गर्ने तयारी भइरहेको छ।

संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको अवधि पाउने भएकाले झा अझै केही समय प्रहरी हिरासतमै रहने भएका छन्। झा असार १४ गते पक्राउ परेका हुन्।

प्रकाशित: १० श्रावण २०८१ १९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App