२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषधसहित झापाबाट दुई जना पक्राउ

झापाको झापाका गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।  

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नम्बर ४ स्थित हुलाकी राजमार्गमा प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटी जाँच गर्ने क्रममा लागुऔषध ब्राउनसुगर बरामद गरेको हो। पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- १ का २९ वर्षीय मौसम लिम्बू र सोही ठाउँकी ३६ वर्षीया शर्मिला राई छन्।  

प्रहरीले उनीहरुको साथबाट प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम र प्लाष्टिकबाहेक ५ ग्राम ५३० मिलिग्राम बरामद गरेको जनाएको छ।  

उनीहरुमाथि थप अनुसन्धान भइरहेको झापा प्रहरीको भनाइ छ।  

प्रकाशित: ९ श्रावण २०८१ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App