१० भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

संघीयता खारेज गरी हिन्दुराष्ट्र कायम गरे राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संघीयता खारेज गरे वर्तमान सरकारलाई पार्टीको समर्थन हुने बताएका छन्।

श्री मानव सेवा फाउण्डेशन नेपाल काठमाडौं लगायतको संयुक्त आयोजनामा मंगलबारदेखि राजधानीको पशुपतिमा आयोजित ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को उद्घाटन समारोहमा बोल्दै उनले पार्टीले हिन्दु राष्ट्रको मागलाई निरन्तर अगाडि बढाउँदै आएको स्मरण समेत गरे।

राजा कहिले पनि पूर्व नहुने भन्दै उनले राजतन्त्रको वकालतलाई पनि पुनः दोहोर्‍याए। उनले नेपाल विभिन्न धर्मावलम्वीहरुको बसोबासको क्षेत्र भए पनि सबै धर्मको उतिकै सम्मान गर्दै हिन्दु राष्ट्र कायम गर्नुपर्ने जोडदार माग गरे।

कार्यक्रममा विभिन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा एवं विभिन्न धर्मगुरुले धर्मको महत्वबारे चर्चा गरे। महायज्ञ साउन ३२ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

महायज्ञमा प्रसिद्ध कथा बाचिका राधिका दासी, प्रतिभाजी, दीनबन्धु पोखरेल, डा. कान्ता भटराई, चन्द्रकला सखीलगायतले प्रवचन दिने कार्यक्रम रहेको जनाइएको छ। 

प्रकाशित: १ श्रावण २०८१ २१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App