२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते

कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोटतर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो। प्रदेश ट्राफिक कार्यालयका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति घाइते भएका थिए। मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेका छन्। उनी ट्याक्टरका चालक हुन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा चालक परियारको सोमबार बिहान मृत्यु भएको हो।

घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की रहेका छन्। उनीहरूको प्रदेश अस्पतालमा उपचार हुँदै छ।

प्रकाशित: ३१ असार २०८१ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App