२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली करिडोर अवरुद्ध

आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ। कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचाल झरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए। ‘लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ’, उनले भने। कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए।

यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ। सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो। 

प्रकाशित: २९ असार २०८१ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App