१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सुर्केगाड गाउँपालिकामा अनुदान रकममा अनियमितता, पूर्वअध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो। 

तत्कालीन अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोसी धामी र निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीसमेत गाउँपालिकाका इन्जिनियर रामराज शाही, सबओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्य, योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंस रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरद्ध मुद्दा दायर भएको हो। 

अध्यक्ष रोकाया २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट र उपाध्यक्ष धामी एमालेबाट निर्वाचित भएका थिए। 

अहिले भने धामी नेकपा एकीकृत समाजवादीका हुम्ला पार्टी अध्यक्ष छन्। आयोगका प्रवक्ता नरहरि घिमिरेले मुद्दा दायर गरिएका नौ जनालाई जनही १९ लाख ५० हजार रुपैयाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको जानकारी दिए। 

गाउँपालिकाका अध्यक्षले आफ्नै मान्छेलाई थारी कोइलिङ पशुपालन नामको उपभोक्ता समिति गठन गरेर एकै वर्षमा दुई पटक रकम विनियोजन गरी भुक्तानी दिएको आयोगले जनाएको छ।

प्रकाशित: २४ असार २०८१ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App