२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको हुँदा  हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ।

देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने भन्दै देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैलाई आग्रह समेत गरेको छ।

यस्तो रहने छ आगामी दुई दिनको मौसमः

२०८१ असार २१ गते (शुक्रवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका केही स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८१ असार २१ गते (शनिवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशै भरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २० असार २०८१ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App