१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६० केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँको कारोबार

फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउन २ गते बरामद भएको  ६०.७१६ केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँ कारोबार देखिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पछिल्लो पटक गरेको पूरक अनुसन्धानबाट करिब एक खर्ब बराबर कारोबार भएको जनाएको छ। यो सम्बन्धमा केही बेरमा सिआइबीले पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ।

सिआइबीका अनुसार तस्करीको गिरोहले  ९५ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको र अन्य रकम पनि अवैध माध्यमबाट कारोबार भएको जनाएको छ। उनीहरूले रकम ‘पे–वेल’ र ‘सजिलो–पे’को ‘गेट–वे’मार्फत भुक्तानी गरेर सो कारोबार गरेका हुन्। 

सिआइबीका अनुसार पे–वेलबाट ८७ अर्ब १७ करोड र ‘सजिलो–पे’बाट ३६ अर्ब ९४ करोड रुपैयाँ गरी एक खर्ब २४ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको छ। जसमध्ये ९० प्रतिशत  सुन तस्करीमा लागि भएको र दुई ‘गेट–वे’मार्फत तस्करीको सुनका लागि मात्रै एक खर्ब ११ अर्ब ६९ करोड सिआइबीले जनाएको छ। जसमा चिनिया नागरिकहरूको संलग्नता रहेको छ।

पूरक अनुसन्धानको क्रममा सिआइबीले हालसम्म २० आरोपीहरूलाई  पक्राउ गरेको छ। उनीहरूकै सूचनाका आधारमा तस्करीका लागि प्रयोग गरिएका स्मार्ट वाच, मोबाइल, ब्रेक सु, रोलिङ पाइप, स्प्रे मेसिन, पानी तान्ने मेसिन, सेभिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक डिभाइस बरामद गरेको छ। बरामदमध्ये सबैभन्दा धेरै परिमाण स्मार्ट वाचको रहेको सिआइबीले जनाएको छ।

प्रकाशित: १७ असार २०८१ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App