१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः स्वास्थ्यमा ध्यान दिनु पर्ने समय छ। अध्ययनमा सफलता छ। लामोयात्रा गर्नु पर्दा दिनको शुरुमै गर्नु होला। रमालो भेटघाटमा सहभागी हुनुपर्ने छ । निरन्तर प्रयास गर्दा नयाँ कार्यमा सफलता हात लाग्नेछ।

वृष राशिः व्यापार व्यावसाय गर्नेलाई भने दिन राम्रो छ। पराक्रमबाट कार्यसिद्धि हुने दिन छ। पूर्ण आर्थिक लाभ हुनेछ। साहित्य लेखनमा राम्रो छ। धातु, कला सम्वन्धी काममा राम्रो योग छ।

मिथुन राशिः जग्गा सम्वन्धी व्यापारमा मध्यम योग छ। साथीहरुबाट खर्च हुने देखिन्छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्नेछ । शिरमा सामान्य समस्या देखिन सक्नेछ। मित्रसँग वैचारिक मेलको योग रहेको छ।

कर्कट राशिः उन्नति प्रगति मध्यम हुने दिन छ। विद्यार्थीका लागि पढाइमा रुची बढ्ने छ । स्वदेश तथा विदेश यात्राको समय रहेको छ । व्यापार व्यावसायमा अर्थ प्राप्ति हुनेछ। धार्मिक कार्य गर्नु शुभ छ।

सिंह राशिः सामान्य चर्म रोग देखा पर्न सक्ने छ। आफन्तबाट धन खर्चको योग छ । बिग्रिएको स्वास्थ सुधार हुँदै जानेछ। वैदेशिक यात्राको योग देखिन्छ।  नवउद्योगको क्षेत्रमा आर्थिक लगानी गर्नु उपयुक्त हुनेछ।

कन्या राशिः लेखनमा वृद्धि हुने देखिन्छ। स्वास्थ्यको बिषयमा हल्का धन खर्च हुने समय छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ।  स्वःकार्यमा पनि राम्रो फल प्राप्त हुनेछ। तीर्थयात्रामा शुभ फल प्राप्त योग छ।

तुला राशिः सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। केही धन व्यय हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। व्यापार व्यावसाय कमफलदायी देखिन्छ।

वृश्चिक राशिः धन सन्चित हुने समय छ। यात्रामा हिड्दा मतभिन्न हुन सक्ने हुँदा, जोगिनु होला। बिलासी खर्चमा प्रवेश नगर्नु नै वेस हुन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। वाणी प्रभाव वढ्ने छ। बाधा हरण हुने दिन छ।

धनु राशिः भुमि क्रयको योग छ। आर्थिक खर्च हुने दिन रहेको छ । राजनीतिक क्षेत्रमा मान र सफलता मिल्नेछ । समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। वाणी सफल हुने योग छ। विद्यार्थीका लागि  पढाईमा रुचि बढ्ने छ।

मकर राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। भाइहरुसँग प्रेम सद्भाव रहनेछ । ज्ञान, पढाईमा रुचि बढ्ने छ । मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। सामान्य बिकार आउने देखिन्छ।

कुम्भ राशिः आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। भूमिसम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। बिलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ।

मीन राशिः बस्त्र उद्योगको क्षेत्रमा लगानी नगर्नु होला । कानमा सामान्य समस्या देखा पर्न सक्नेछ। विद्यार्थीका लागि पढाई र यात्राको समय रहेको छ। पारिवारिक सदस्यहरुबीच राम्रो सम्वन्ध रहने छ।

प्रकाशित: १७ असार २०८१ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App