१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

समाजसेवी सैंजूद्वारा खेल सामग्री प्रदान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का  समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा पाएको विद्यालयका ६० विद्यार्थीलाई ट्रयाकसुट तथा विभिन्न खेल सामग्री प्रदान गरेका छन्।

दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उनले बिहीबार ती सामग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले बताए। कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, शिक्षक, अभिभावकको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो।

विसं २०३३ माघ १५ गते स्थापना भएको यो विद्यालयको भौतिक संरचना जीर्ण छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित विद्यालयको स्तरोन्नतिमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि समाजसेवी सैँजुले व्यक्त गरेका छन्।

-रासस

प्रकाशित: १४ असार २०८१ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App