१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

छुट्टाछुट्टै ठाउँमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु, ३ बेपत्ता

फाइल:तस्बिर

छुट्टाछुट्टै ठाउँमा गएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। अन्य २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन्।

मंगलबार रातिदेखिको वर्षाका कारण पहिरो जाखा कास्कीमा २ जना बालबालिका, मोरङमा १ जना र ओखलढुंगामा १ जनाको मृत्यु भएको छ। यस्तै मोरङमा २ जना र ओखलढुंगामा १ जना गरी ३ जना हराइरहेका छन्।

कास्कीको मादी गाउँपालिका ५ की १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेर १५ मिनेटतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो। हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्तकुमार शर्माले बताए।

त्यस्तै,पहिरोमा परी पोखरा(२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको बताइएको छ।

यसैबिच, मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ। मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका(५ का एकै परिवारका चारजना बगेकामा एकको मृत्यु भएको हो।

फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रवक्ता ज्ञानेन्द्र बस्नेतले  जनाकारी दिए।

उनका अनुसार बढीले बगाउँदा सो परिवारका दुईजना बेपत्ता छन्। बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी ९सासू० र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन्।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको उनको भनाइ छ।

यस्तै,ओखलढुंगामा पनि पहिरोले घर गोठ पुरिएको छ। चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ। घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

प्रकाशित: १२ असार २०८१ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App