१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

झापामा बस र टिप्पर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

झापामा बस र टिप्पर एकापसमा ठोक्किँदा  २१ जना घाइते भएका छन्। कमल गाउँपालिका-४ मा बस र टिप्पर एकापसमा ठोक्किँदा २१ यात्रु घाइते भएका हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ ख २१६६ न. को टिप्पर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को बस एकापसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी तथा प्रहरी प्रमुख मिलन केसी बताए।

उनका अनुसार दुर्घटनामा परी बसमा सवार २१ जना  यात्रु घाइते भएको र घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ। घाइते सबैको दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल र विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी प्रमुख केसीले बताए।

बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई प्रहरीले  नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ असार २०८१ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App