१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा ५ घाइते, २ जनाको अवस्था गम्भीर

कपिलवस्तुको तौलिहवा सडकखण्डमा पर्ने बाणगंगा नगरपालिका– ४ दर्शन चोकमा सोमवार साझ साढे सात बजेतिर भएको मोटरसाईकल दुर्घटनामा ५ जना घाइते भएका छन्। लु ७२ प १९८० नम्बरको मोटरसाइकल र लु ११ प १४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ दुर्घटना भएको हो। दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्।

गम्भीर घाईत हुनेमा लु १२ प १९८० नम्बरको मोटरसाइकलमा सवार बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरका २५ बर्षका विकास थारु र २२ बर्षिय बिशाल थारु रहेको बताइएको छ। दुबैलाई थप उपचारका लागि बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले जानकारी दिए।

 उनका अनुसार राजपुरकै विजय थारु भने सामान्य घाइते भएका छन्। यस्तै,मोटरसाइकलका चालक मायादेवी गाउँपालिका पकडी निवासी २१ बर्षका प्रमोद चौधरी र पछाडी सवार २३ बर्षका आर्यन चौधरी घाइते भएका छन्। उनीहरुको शरीरको विभिन्न स्थानमा गम्भीर चोट लागेको छ। कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई बुटवल पठाइएको छ।

मोटरसाइकलमा सवार ३ जना नै घाइते भएका हुन्। उनीहरु बाणगंगा नगरपालिका वडा नम्बर २ राजपुरका रहेका छन्। प्रहरीका अनुसार घाइते ५ मध्ये विशाल बाहेक सबैलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।  

प्रकाशित: ४ असार २०८१ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App