११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

चुँडिएको बिजुलीको तारबाट करेन्ट लाग्दा गाउँपालिका कर्मचारी गम्भीर घाइते

चुँडिएको बिजुलीको तारबाट करेन्ट लाग्दा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका कर्मचारी दीपक भट्टराई गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ४० वर्षीय भट्टराई आफ्नो घर फुलवारीबाट मोटरसाइकलमा कार्यालय हाङपाङतर्फ जाँदै गर्दा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेको थियो।

घाइते भट्टराईलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरिएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए।

भट्टराईले प्रयोग गरेको मे १ ब ५०७ नम्बरको मोटरसाइकल गाउँपालिकाको कार्यालयमा लगिएको उनले जनाए।

प्रकाशित: २ असार २०८१ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App