१० असार २०८१ सोमबार
image/svg+xml
समाज

७ दिनदेखि बेपत्ता रुबीको शव फेला, आफूले नै हत्या गरेको श्रीमान्को स्विकारोक्ती

धनुषाको मिथिला नगरपालिकामा एकजना महिलाको शव फेला परेको छ।

महेन्द्रनगरबाट गत जेठ २६ गतेदेखि बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिकामा शनिवार राति सामुदायिक वनको खोल्सामा फेला परेको हो।

शव फेला पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादव रहेको धनुषाका प्रहरी नायब उपरिक्षक एवं प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।

गत जेठ २६ गतेदेखि बेपत्ता रहेकी रुबीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। उनको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको भन्दै राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको अवाले बताए।

उनले भने, ‘मृतक रुबीका श्रीमान राजु यादवले जेठ २७ गते बिहान श्रीमति जेठ २६ गतेदेखि घर नफर्केको भन्दै निवेदन दिएका थिए। घटना शङ्कास्पद देखिए पछि उनकै निवेदनको आधारमा निगरानी बढाइएको थियो। पछि छरछिमेकमा सोधपुछ गर्दा राजुलाई नियन्त्रणमा लिइएको र उनले श्रीमतिको हत्या गरेको स्वीकारेका छन्।’

उनले सोधपुछको क्रममा राजुले बयानमा श्रीमतीको हत्याबारे जानकारी दिएपछि शव फेला परेको पनि बताए।

जेठ २६ मा बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बयानका क्रममा भनेको र अुसन्धान सुरु भएको पनि प्रहरी निरीक्षक अवाले बताए।

हाल रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रकाशित: २ असार २०८१ १२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App