१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खसेको थियो। काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्दा १३ जना घाइते भएका थिए।

घाइते हुनेमा कार चालक पोखरा महानगरपालिका बस्ने वर्ष ३५ का समिर ओझा कारमा सवार काठमाडौँको टोखा नगरपालिका ६ बस्ने वर्ष २२ का शेखर मिश्र रहेका छन्। दुबैजनाको अवस्था गम्भीर रहेको बताइएको छ।

ओझाको टाउकोमा चोट लागेको छ भने मिश्रको खुट्टा र टाउकोमा चोट लागेको छ। दुबैजनाको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको छ।

यस्तै, बसमा सवार नवलपुर गैडाकोटका वर्ष ३८ की दिलमाया बि.क., गैडाकोटकै वर्ष १९ की परिका सुनार, बाँके कोहलपुर १२ का वर्ष ४८ का धिरेन्द्र बहादुर के.सी., बर्दिया बाँसगढी नगरपालिका ९ का वर्ष ४८ का रामकृष्ण थारु, कारमा सवार ललितपुर महानगरपालिका २४ बस्ने वर्ष १७ का सितल ओझा, कारमा सवार ललितपुर महानगरपालिका २४ का वर्ष ३५ की सरिता ओझा, कारमा सवार ललितपुर महानगर २४ कै वर्ष २१ का सृजन ओझा रहेका छन्। ओझाको अवस्था पनि गम्भीर बताइएको छ। अन्यको भने अवस्था मध्यम रहेको छ।

घाइते सबैको उपचार चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।

त्यस्तै बसमा सवार बर्दिया नगरपालिका १२ बन्जाईका वर्ष ३० का थिर बहादुर केसी, बर्दिया नगरपालिका ८ का वर्ष ४८ का दरु बहादुर शाहि, बर्दिया नगरपालिका ९ का वर्ष ४८ का रामकिरण थारु डिस्चार्ज र सोही ठाउँका वर्ष ३४ का बल बहादुर चौधरी स्थानिय पोलिक्लिनिक फिस्लिङमा उपचार पछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०८१ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App