२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीमा आफ्नै कोठामा झुन्डिएर बालकको मृत्यु

कैलालीमा आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका एकजना बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका– ३ चटकपुर बस्ने १३ वर्षीय विष्णु फुलारा कोठामा झुन्डिएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराले जानकारी दिएका छन्।

प्रवक्ता बोहराका अनुसार शनिबार अपरान्ह ४:३० बजेतिर ती बालक आफ्नै घरको सुत्ने कोठामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए।

उनलाई उपचारका लागि उनका बुबाआमाले धनगढीको स्वस्तिक अस्पताल पुर्‍याएकोमा  उपचार हुन नपाउँदै १५ मिनेटपछि मृत्यु भएको हो।

घटना के–कति कारणले भएको हो भन्ने नखुलेको प्रहरीले बताएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App