१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

पहिरोले पुरिएर लोडर चालकको मृत्यु

लमजुङ मस्र्याङ्दी गाउँपालिका ६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाका  ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।

आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर   हेटौंडा उपमहानगरपालिका १० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए।

गम्भीर घाइते चालक तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। आयोजनाको ४२.६० मेगावाट क्षमता रहेको छ। –रासस

प्रकाशित: २५ जेष्ठ २०८१ १५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App