२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

एनसेल र नेपाल युवा परिषदको संयुक्त पहलमा ७७ वटै जिल्लामा ७७ सय विरुवा रोपिने

विश्ववातावरण दिवसको अवसर पारेर एनसेल र नेपाल युवा परिषद्ले ७७ वटै जिल्लामा एक साथ ७ हजार ७ सय विरुवा रोपिने भएको छ । एक युवा, एक विरुवा अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते  ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर बृहतरुपमा वृक्षारोपण गरिने भएको हो ।    

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत नेपाल युवा परिषद्सँग गरेका समझदारी अनुरुप एक युवा एक विरुवा अभियानमा प्रत्येक जिल्लाका एक सय युवाले एक विरुवा वृक्षारोपण गर्ने छन् । यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा गरिनेछ । वृक्षारोपण गरिएका हरेक विरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवाको हुनेछ । यस किसिमको जिम्मेवारी सहितको राष्ट्रिय स्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिचिश्त गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।  

सामाजिक पहल अन्तर्गत एनसेलले वातावरण, स्वास्थ्य, शिक्षा, युवाहरुको प्रतिभाविकास लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ ।  

“राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आमजनताले समेत यसको प्रत्याभूति गर्ने हुदाँ यो अभियानमा परिषदसँग एकसाथ भएर काम गर्न पाउदाँ खुसी लागेको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले भनिन् ।    

नेपालका युवाहरुका बृहत्तर विकास, नेतृत्व विकास, उद्यमशीलता विकास र सामाजिक रुपान्तरणमा एनसेल आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखि नेपाल सरकार, नेपालयुवा परिषद र अन्य सरोकारवाला निकायसँग काम गर्दै आएको छ । सन् २०२४ को ‘अन्र्तराष्ट्रिय युवादिवस २०२४’ मापनि एनसेलको विशेष सहकार्य रहेको छ ।  

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखि बृक्षारोपण अभियान संचालन गर्न लागिएको नेपालयुवा परिषद्का संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए । एनसेलसँगको सहकार्य एवं संयुक्त आयोजनामा गर्न लागिएको कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत एक्यबद्वता गराउने उद्देश्यका साथ यो अभियान संचानल गर्न लागिएको परिषद्का अध्यक्ष बानियाँको भनाइ छ । 

लामो समयदेखि युवाका क्षेत्रका क्रियाशिल परिषद्ले विभिन्न तहमा युवालाई जोडेर विगत लामो समय देखि नै वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा समेत कार्य गर्दै आईरहेको छ ।  

प्रकाशित: २४ जेष्ठ २०८१ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App