१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विपद् सम्बन्धी सूचना र जानकारी ११४९ टोल फ्रि नम्बरमा दिन सकिने

सरकारले विपद् सम्बन्धी सूचना र जानकारी लिनका लागि ११४९ टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् सम्बन्धी सूचना र जानकारी लिनका लागि आजदेखि नै ११४९ टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्।

उनले आजबाट शुरु हुनेगरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए।

उनले भने, आजबाट सुरु हुने गरी २४ घण्टा ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा यस्ता सुचनाहरु लिन, दिनका लागि तैनाथ राखिएको छ। र टोलि आजदेखि नै काम गरिरहेको सदनलाई जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २३ जेष्ठ २०८१ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App