८ असार २०८१ शनिबार
image/svg+xml
समाज

केन्द्रीय प्रहरी प्रवक्तामा कार्की

 नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त  भएका छन्र । 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित: २० जेष्ठ २०८१ २१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App