२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज पार्किङमा फर्काइयो, अर्को जहाज पठाउने तयारी

फाइल तस्बिर

काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङमा फर्काइएको छ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार एसएचए २२१ नम्बरको ९ एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो।

जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षण गर्नु पर्ने भएपछि जहाज फिर्ता बोलाइएको विमानस्थल स्रोतले जनाएको छ।

विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८ः२५ मा धनगढीका लागि उडान गरिसक्नु पर्ने थियो।

विमानमा समस्या देखिए पछि एयरलाइन्सले अर्को जहाज पठाउने तयारी गरिरहेको छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App