१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

चक्रीय अथतन्त्रबारे पत्रकार र विज्ञहरूबिच छलफल

नेपालमा बढ्दो जलवायु परिवर्तन र त्यसका असरसँग जुध्न चक्रीय अथतन्त्रको महत्त्व बुझाउन आयोजित दुई दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

वन्यजन्तु संरक्षण संघ नेपालको आयोजनामा भएको सो तालिम सोमबार र मंगलबार काठमाडौँमा आयोजना भएको थियो। तालिमका क्रममा सहभागीहरूले देशमा चक्रीय अर्थतन्त्र पद्धति अपनाउनुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा सहभागी भएकाहरूले देशलाई चक्रीय अर्थतन्त्र पद्धतिमा लगेर वातावरण जोगाउने क्रियाकलाप गर्नुपर्ने बताए। वातावरण प्रदूषण हुने खालका सामग्रीहरू प्रयोग गर्न नहुने, कुनै पनि नयाँ सामग्रीहरू उत्पादन गर्दा त्यसलाई पुनः प्रयोग गर्न मिल्ने गरी उत्पादन गर्ने, उद्योग सञ्चालकहरुले आफ्नो बस्तु उत्पादन गर्दा त्यहाँबाट निस्किने फोहोरहरु उनीहरुले नै व्यवस्थापन गर्नुपर्ने तथा सकेसम्म थोरै मात्रै फोहोर उत्पादन हुने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा बाल्दै बन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले चक्रीय अर्थतन्त्र पद्धतिमा नेपालले आफूले सक्ने लक्ष्य मात्र राख्नुपर्ने बताए।

उनले अहिले विश्वका अन्य देशहरू फेरि प्रकृतितर्फ फर्किएको भन्दै नेपालका प्राकृतिक सम्पदा जोगाउनुपर्नेमा जोड दिए। चक्रीय अर्थतन्त्र पद्धति लागू गर्न, व्यक्ति, घर, समाज, वडा, पालिका, प्रदेश सरकार र संघ सरकार सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

वन्यजन्तु संरक्षण नेपालकी निर्देशक सजीवनी योञ्जन श्रेष्ठ विश्व चक्रीय अर्थतन्त्र पद्धतिमा गइरहेको बताउँदै नेपाल पनि सोही पद्धतिमा जानुपर्ने बताइन्।

उनले उत्पादकता, नीति निर्माण कर्ताहरूले यो विषयमा ध्यान दिनुपर्ने बताइन्। उनले सकेसम्म फोहोर उत्पादन नगर्ने, उत्पादन भएपनि त्यसको प’न प्रयोग गर्ने वा त्यसलाई पुनः प्रयोगमा ल्याउने र नभए मात्रै फोहोरका रुपमा विसर्जन गर्ने नीति नै चक्रीय अर्थतन्त्र भएको जानकारी दिइन्।

तालिमका क्रममा वातावरण पत्रकार द्धय सुबोध गौतम र पीताम्बर सिग्देलले चक्रीय अर्थतन्त्रसँग सम्बन्धित समाचारको महत्त्व र समाचारका विषय तथा लेखन शैलीबारे सहभागीलाई तालिम दिएका थिए।

नेपालमा चक्रीय अर्थतन्त्रसम्बन्धी युरोपियन युनियनको आर्थिक सहयोगमा वन्यजन्तु संरक्षण संघ र इम्प्याक्ट हबले नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।

प्रकाशित: १७ जेष्ठ २०८१ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App