३ असार २०८१ सोमबार
image/svg+xml
समाज

अत्याधिक गर्मीले ढलेर रौतहटमा एक जनाको मृत्यु

फाइल तस्बिर

रौतहटमा गर्मीले ढलेर एक बटुवाको मृत्यु भएको छ। अत्याधिक गर्मीका कारण रौतहटको बौद्धिमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय राजमंगल राय यादवको मृत्यु भएको हो।

साइकल चलाएर मौलापुरबाट जयनगरतर्फ गइरहेका यादव बकैया नदीको पुलमा ढलेको अवस्थामा फेला परेका थिए। साइकल रोकेर पुलमै छेउतिर ढलेकै अवस्थामा यादवको मृत्यु भएको थियो।

घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय देवाहीगोनाहीको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले यादवको शवलाई प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाइएको बताएका छन्।

घटनाबारे अन्य किसिमले पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको भनाइ छ। 

प्रकाशित: १३ जेष्ठ २०८१ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App