२ असार २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल कस्तो छ?

मेष राशि: परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तहरुसँग रमणीय भेटघाट हुने छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। बस्त्र सम्बन्धी व्यवसायमा राम्रो छ। समाजिक पद र सम्मान मिल्ने छ।

वृष राशि: विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

मिथुन राशि: दाम्पत्य जीवनमा वैचारिक विमती देखिन सक्छ। वैदेशिक इष्टमित्रबाट सहयोग ढिला मिल्ने छ। जागिर प्राप्त हुनेछ। दाजुभाइबीचको सहकार्यले सफलता मिल्ने योग छ। रोजगारबाट कम फल प्राप्त हुनेछ।

कर्कट राशि: व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुनेछ।

सिंह राशि: वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

कन्या राशि: वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने देखिन्छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने योग छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

तुला राशिस् ठूला र नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्र रोगको समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ प्राप्त हुन दिन रहेको छ।\

वृश्चिक राशि: धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग देखिन्छ। विद्यार्थीका लागि पढाइ, लेखाइ रुचि बढ्ने योग छ। उन्नति प्रगति हुने दिन छ।

धनु राशि: प्रेम आकर्षणमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीहरुका लागि अध्ययनमा रुचि बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ।

मकर राशि: दाम्पत्य विचार राम्रो रहने छ। पारिवारिक सदस्यहरुबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिहरुबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ। पढाईमा रुचि बढ्नेछ।

कुम्भ राशि: कार्यमा योग्यता अनुसारको सुविधा मिल्नेछ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

मीन राशि: आफन्तसँग रमाइलो भेटघाट हुने र ऋण तिर्नेछन्। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्ने छ।

प्रकाशित: १० जेष्ठ २०८१ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App