४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्।

उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०८१ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App