२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

आजदेखि ताप्लेजुङ महाेत्सव सुरु

(फोटो फिचर)

आजदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवले सदरमुकाम फुङलिङ बजार रंगीचंगी भएको छ।

तुल, ब्यानर, फूल र सजिसजावटले भरिएको फुङलिङमा विभिन्न जाति, भाषा, धर्म र संस्कृतिका नरनारी सहभागी कलशयात्रा टोली नगर परिक्रममा गर्दा ‘एकीकृत ताप्लेजुङ’ को सन्देशको झल्को दिएको छ।

कभर्डहलमा भेला भएको कशलयात्राको टोली नगर परिक्रमा गर्दै कार्यक्रम स्थल हुलाक कार्यालय मास्तिर तयार भएको महोत्सव पुगेको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले महोत्सवको प्रारम्भमै देखिएको सहभागिता र समुदायको स्फूर्त तयारीले महोत्सव अपेक्षाअनुसार सम्पन्न हुनेमा ढुक्क रहेको बताए।

उनले ताप्लेजुङको पर्यटन विकासका लागि आयोजना गरिएको महोत्सवलाई सफल बनाएर सार्थक नतिजा प्राप्त गर्ने मूल आयोजक समितिको विश्वास रहेको बताए।


जेठ ७ सम्म सञ्चालन हुने महोत्सवअन्र्तगत खुला तथा महिला हाफ म्याराथन, मेयर कप अन्तरपालिका भलिबल, डोको क्यारी रन, कृषि तथा औद्योगिक मेला, डोको तथा टपरी बन्ने प्रतियोगिता, अन्तरपालिका वक्तृत्वकला प्रतियोगिता, साहित्य स्रष्टा सम्मान तथा साहित्य उत्सव पाथिभरा मन्दिरसम्मको साइक्लिङ यात्राका साथ प्रत्येक साँझ साँस्कृतिक उत्सवसहितका कार्यक्रम हुँदैछन्।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App