१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

यार्सा संकलन गर्न जाँदा बिरामी परेका युवकको उद्धार

एक सातादेखि डोल्पाको पाटनमा बिरामी परेर थलिएका जुम्ला पातारासीका ओमप्रकाश बुढाको उद्धार गरिएको छ। उनी यार्सा संकलनका लागि डोल्पा पुगेका थिए।

डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी-३ मोहरीगाउँका बुढालाई हेलिकप्टरबाट उद्धार गरिएको हो।

ओमप्रकाशसहित त्यहाँ चार जना युवा अलपत्र परेका थिए। तर ओमप्रकाशको मात्र स्वास्थ्य अवस्था नाजुक देखिएकोले हेलिकप्टरबाट उद्धार गरिएको हो। अन्य तीन जना जय बुढा, हिरालाल रावत र चन्नलाल रावत भने पाटनमै छन्।

उद्धारका लागि हेलिकप्टर मंगलबारनै डोल्पा पाटन गएपनि हावाहुरीका कारण अवतरण हुन सकेको थिएन। पुनः बुधबार बिहान हेलिकप्टर ताल्चा हुँदै डोल्पाको पाटनमा पुगेर अलपत्र युवाहरूलाई जुम्ला ल्याइएको हो।

ओमप्रकाशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हुँदै केन्द्रमा माग गरेपनि सरकारी संयन्त्रले वास्ता नगरेकाे गुनासाे छ। 

त्यसपछि व्यक्तिगत रुपमा रकम उठाएर हेलिकप्टरको व्यवस्था गरिएको जनाइएको छ। युवाहरुको उद्धारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतले एक लाख २५ हजार, कर्णाली प्रदेशका सांसद देवेन्द्रबहादुर शाहीले २० हजार र स्थानीय समुदायले सात लाख रुपैयाँ उठाएर हेलिकप्टर रिजर्भ गरी उद्धार गरिएको हो।

हेलिकप्टरबाट उद्धार गरी जुम्ला ल्याइएका ओमप्रकाशलाई श्वासप्रश्वासको समस्या देखिएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ २०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App