१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पिस कोरका उपनिर्देशक ह्वाइट जुनियर नेपालमा, पिस कोरका कार्यक्रम विस्तारबारे छलफल गर्ने

पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा आज काठमाडौँ आएका छन्।

आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमबारे जानकारी लिनेछन्। नेपाल बसाइका क्रममा उनले पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि छ। हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन्। उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन्।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्य सञ्चालन स्थापना गरेको थियो र त्यसयता झन्डै ४ हजार अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन्।

प्रकाशित: २ जेष्ठ २०८१ १८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App