१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

अढाई क्विन्टल गाँजासहित एकजना पक्राउ

, ,,

प्रहरीले विराटनगर १७ स्थित आइसिपी रोडबाट अढाई क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ। नेपाल–भारतको सीमा क्षेत्रनजिकै गाँजा बरामद भएको हो।

मंगलबार राति साढे ११ बजेतिर आइसिपीको बाटो हुँदै भारततर्फ लैजानका लागि तयारी गर्दै गर्दा गाँजासहित एकजनालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए। उनका अनुसार काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भेनमा गाँजा फेला परेको हो।

आइसिपी रोड (बाटो) मा पिकअप भेनलाई रोकेर केरा र गाँजा ‘अनलोड’ हुँदै भन्ने विशेष सूचनाका आधारमा प्रहरीले टोलीले पिकअप भेनलाई नियन्त्रणमा लिएको बताउँदै एसपी कार्कीले भने, ‘भेन खानतलासी गर्दा अढाई क्विन्टल लागुऔषध गाँजा फेला प¥यो। बोरामा प्याक गरेर पिकअपको पछाडि डालामा राखिएको अवस्थामा २ सय ५० केजी गाँजा बरामद भएको हो। डालोमा गाँजा तल राखी माथिबाट केराले छोपिएको अवस्थामा गाँजा बरामद भएको हो।’

भेन चालक धनकुटाको सहिदभूमि गाउँपालिका ३ का १८ वर्षीय दिवस राई पक्राउ परेका छन्। कारोबारीले केरा ओसारपसार गरेको देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै एसपी कार्कीले भने, ‘केराको कारोबारी गरेजस्तो देखाएर (झुक्याएर) गाँजा तस्करी गर्ने गरेको पाइयो। यो बाटो हुँदै भारत लैजान लागिएको थियो।’

गाँजासहित पिकअप भेन र भेन चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धानका लागि राखिएको छ। पक्राउ परेका राईविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App