१० असार २०८१ सोमबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा पर्दैछ पानी !

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भइ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।

मौसम पूर्वानुमान  महाशाखाका अनुसार, बिहान उपत्यकाकाे माैसम सफा रहेकाे थियाे। अहिले दिउँसाेपछि मौसम बदली भइ अहिले उपत्यकामा पानी परेकाे हाे। 

यस्तै,कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहको छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावारहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बढिरहेको छ भने भारतको उत्तर पूर्वआसाम र आसपास क्षेत्रको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पनि देखा परेकाले देशभर आशिंक बदली तथा वर्षा भइरहेको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App