१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते

सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्। हतियारधारी समूहले चार जनाको घरबाट पाँच लाख बराबरको धनमाल लुटपाट गरेका हुन्। समूहको आक्रमबाट पाँच जना स्थानीय घाइते समेत भएका प्रहरीले जनाएको छ।

राति खाना खाएर सुतिसकेको अवस्थामा हतियारधारी समूह घरमा प्रवेश गरी स्थानीय राम अवतार ठाकुर, रामबाबु ठाकुर,दीलिप यादव, लक्ष्मी यादवको घरबाट पाँच लाख बराबरको धनमाल लुटपाट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु शोतीले जानकारी दिए।

यस्तै उक्त समूहको आक्रमबाट रामनारायण ठाकुरकी ५० वर्षीया श्रीमती निरसीदेवी ठाकुर, रामप्रसाद यादवको ३० वर्षीय छोरा निरन्जन यादव, महाबिर साहको छोरा ६७ वर्षीय देवनारायण साह, हरि यादवको ४५ वर्षीय छोरा मनिलाल यादव र सप्तरी सुरुङ्गा नगरपालिका-२ का २५ वर्षीय योगेन्द्र यादव घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको लहान अस्पतालमा उपचार भैरहेको छ भने योगेन्द्रलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

डीएसपी सोतीले यस घटनाको विषयमा छानविन गरिरहेको र अहिले घटना गराउनेबारे केही नखुलेको बताए। यसबारे तीव्र अनुसन्धान भैइरहेको प्रहरीले उनको भनाइ छ।

लुटपाटबाट पीडित भएका परिवारलाई १/१ लाख रुपैयाँ सहयोग गर्ने लहान नगरपालिकाका मेयर महेश चौधरीले घोषणा गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०८१ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App