१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

सुर्खेतमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।

प्रहरीका अनुसार सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल रा ७ प ७०३१ र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१ प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हाे।

मृतकको मोटरसाइकलमा सवार असिम कुमार मल्ल सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। उनको खुट्टा चोट लागेको छ।

नेपालगन्जतर्फ जाँदै गरेका मृतक केसीको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन। केसीको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। अर्को मोटरसाइकलमा सामान्य क्षति भएपनि चालक सकुशल रहेको प्रहरीको भनाई छ।

प्रकाशित: २९ वैशाख २०८१ १६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App