७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट बैतडीमा साढे एक करोडको क्षति

आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ। चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक करोड ३४ लाख, ९९ हजार पाँच सय बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए। 

उनले भने,‘चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्, यी घटनाबाट रु एक करोड ३४ लाख, ९९ हजार पाँच सय  बराबरको क्षति भएको विवरण सङ्कलन भएको छ।’

आगलागीबाट पसल, घर, सुनचाँदी र नगद जलेका छन् भने दुईजना समेत घाइते भएको जनाइएको छ। गत भदौमा दशरथचन्द नगरपालिका–४ गढीमा रहेको प्रदीप बरालको सुनचाँदी पसलमा आगलागी हुँदा रु ४५ लाख बराबरको क्षति भएको छ।

यस्तै, कात्तिकमा पुर्चौडी नगरपालिका –१ डाँडाकोटका जयानन्द जोशीको घरमा आगलागी हुँदा ३० लाख, मेलौली नगरपालिका–२ का पूर्णबहादुर चन्दको घरमा भएको आगलागीबाट ५० हजार, मङ्सिरमा पाटन नगरपालिका –२ की जयन्ती पन्तको घरमा आगलागी हुँदा चार लाख ५० हजार, डिलाशैनी– ७ का जनकराज जोशीको घरमा आगलागी हुँदा ७० हजार, माघ महिनामा  डिलाशैनी गाउँपालिका–६ का पुष्कर थलालको घरमा आगलागी हुँदा पाँच लाख, फागुनमा सुर्नया –७ का तेजबहादुर कार्कीको घरमा आगलागी भएर दुई  लाख ४८ हजार, चैतमा डिलाशैनी –२ को एक घरमा आगलागी हुँदा रु एक लाखको क्षति भएको छ।

वैशाखमा पञ्चेश्वर गाउँपालिका–४ का जयबहादुर चन्दको घरमा आगलागी हुँदा पाँच लाख, सुर्नया गाउँपालिका–२ का करन पाण्डेको घरमा आगलागी भएर ६० हजार र पाटन नगरपालिका –१ की धौली लुहारको भान्सा कोठामा आगलागी हुँदा २१ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विद्युत् सर्ट एवं मानवीय त्रुटीका कारण आगलागीका घटना भएका प्रहरीले बताएको छ।

आगलागीका घटना न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा सन्देशमूलक प्रचारसामग्री प्रकाशन तथा प्रसारण भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत दिलीपकुमार यादवले बताए। 

प्रकाशित: २८ वैशाख २०८१ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App