६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

श्रीमतीलाई चक्कु हान्ने श्रीमान पक्राउ

बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्। दोगडाकेदार–२ कफलकोटका ३४ बर्षीय महेश महराले आफ्नी श्रीमती ३२ वर्षीया वसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन्।

आइतबार अपरान्ह घरको आगनमा गहुँ चुट्ने क्रममा वसन्तीमाथि महेशले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

चक्कु प्रहारबाट वसन्तीको कम्मरमा चोट लागेको थियो। जिल्ला अस्पतालमा उपचारपछि आइतबार साँझ नै वसन्ती डिस्चार्ज भइसकेकी छन्।

श्रीमतीमाथि चक्कु प्रहार गर्ने महेशलाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिइसकेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रकाशित: २४ वैशाख २०८१ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App