६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धनुषामा पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरमा सहकारी संस्थाका कर्मचारीले बैङ्कबाट रकम झिकेर संस्थाको कार्यालय जाँदै गर्दा बाटोमा रुपैयाँ लुटिएको छ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैङ्कबाट झिकेर लागिरहेको ८० रुपैयाँ जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगासिहपुरबाट लुटिएको धनुषा प्रहरी प्रवक्ता तथा डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका एउटा मोटरसाइकलमा सवार रहेका तीन जनाले महतोलाई पेस्तोल देखाएर उनको साथ रहेको रुपैयाँ लुटेर फरार भएका छन्।

सहकारी कर्मचारी महतोले बैङ्कबाट रुपैयाँ झिकेर फर्कने क्रममा जनकपुरको बेंगासिहपुरबाट रुपैयाँ लुटिएको खबर प्राप्त भएको डिएसपी अवाले भनेु यस विषयमा बुझ्न हामी घटना स्थल पुगी थप अनुसन्धान गरिरहेका छौँ।

प्रकाशित: २४ वैशाख २०८१ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App