५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बाराउद्योरण टोलका अग्निपीडितलाई सशस्त्रको राहत

सशस्त्र प्रहरीले सर्लाहीका अग्निपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ। गत बिहीबार विष्णु गाउँपालिका १ स्थित बाराउद्योरण टोलमा भएको आगलागीमा सर्वस्व गुमाएका ५० परिवारलाई सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नामस्ता बाहिनीले एक समारोहबीच राहत सामग्री उपलब्ध गराएको छ।

छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब  महानिरीक्षक डिआइजी दीपेन्द्र शाहले पीडितहरूलाई कम्मल, तन्ना, सिरानीको खोल, सिरानी, थाल, गिलास  कचौरा, तौलिया र पानीका बोतल समेत उपलब्ध गराएको सर्लाही सशस्त्र प्रहरी बल १० नम्बर  गणका प्रमुख एसपी विनोद खनालले बताए।

राहत वितरणपछि सशस्त्र प्रहरीका डिआइजी शाहले दुःखको अवस्थामा सशस्त्र प्रहरी सदैव नेपाली जनताका साथमा रहेको र आपसी सहकार्यले जस्तोसुकै विपद् व्यवस्थापन गर्न सकिने बताए।

स्थानीय सत्रोहन राउतको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर भएको आगजनीपछि सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोको लप्काले एक घन्टामै बस्ती खरानी बनेको थियो। अग्निपीडितलाई वडा कार्यालयको तर्फबाट त्रिपाल उपलब्ध गराएको पीडितले जनाएका छन्।

प्रकाशित: २२ वैशाख २०८१ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App