४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)

मुक्तिनाथ दर्शन गरेर फर्किएका विद्यार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ। दुर्घटनामा परेर १६ विद्यार्थी  सामान्य घाइते भएका छन्।

प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३-०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो। बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका हुन। बस आज बिहान करिब ९ बजे दुर्घटनामा परेको हो।

घाइते विद्यार्थीहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जोमसोम, मुस्ताङ  पठाइएको प्रहरीले जानकारी दिएकाे छ। दुर्घटनाग्रस्त बसलाई बाटोबाट हटाएर सडक पूर्ण रूपमा सुचारु गरेको जानकारी प्रहरीले दिएको छ। उक्त बस प्रहरी चौकीबाट ५०० मिटर पूर्वमा छ।

घाइतेहरूको विवरण यसप्रकार छ:

१.जिल्ला सिराहा लहान नपा-१२ बस्ने वर्ष २० को आदेश आचार्यको हात नाकमा सामान्य चोट।

२.जिल्ला भक्तपुर मध्यपुर ठिमी नपा-३ बस्ने वर्ष २० को अनुज न्यौपाने सामान्य।

३.जिल्ला सिराहा गोलबजार नपा-६ बस्ने वर्ष २१ की ज्योतिकुमारी साहको हात र ढाडमा सामान्य चोट।

४. जिल्ला गुल्मी रुरु गापा-५ बस्ने वर्ष २१ की समीक्षा ज्ञवालीको टाउको पछाडि भित्री चोट, सामान्य रहेको।

५. जिल्ला काठमाडौ कृतिपुर नपा-८ बस्ने वर्ष २० की प्रतीक्षा खड्काको ढाडमा चोट, अवस्था सामान्य।

६.जिल्ला ओखलढुङ्गा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० की बिन्दा दाहालको बायाँ हातमा चोट, सामान्य।

७. जिल्ला काठमाडौं काठमाडौं मनपा-९ एयरपोर्ट  बस्ने वर्ष १९ की अनामिका थापाको दाहिने खुट्टामा चोट, अवस्था मध्यम।

८. जिल्ला कैलाली गोदावरी नपा-१० बस्ने वर्ष २१ को ध्रुवराज जोशीको बाहिरी चोट नभएको, अवस्था सामान्य।

९. जिल्ला भोजपुर, भोजपुर नपा-९ बस्ने वर्ष २० को पेशल बस्नेतको बाहिरी चोट नभएको, अवस्था सामान्य।

१०. जिल्ला महोत्तरी जलेश्वर नपा-१ बस्ने वर्ष २२ की रम्मा कुमारीको दाहिने हात र खुट्टामा भित्री चोट, अवस्था सामान्य रहेको।

११. जिल्ला पाँचथर कुम्भायोग गापा-१ बस्ने वर्ष २३ को आदेश लावतीको दुवै हातमा सामान्य चोट।

१२. जिल्ला सुनसरी हरहरी नपा-८ बस्ने वर्ष २२ को निशान रसाइलीको दाहिने हातमा सामान्य चोट।

१३. जिल्ला धनुषा जनकपुर धनगढी नपा १२ बस्ने वर्ष २० को बटेश्वर नपा-२ बस्ने वर्ष २४ को सुरजकुमार परियारको दाहिने हात र खुट्टामा सामान्य चोट।

१४. जिल्ला बर्दिया मधुवन नपा-६ बस्ने वर्ष २० को सुवास नेपालको ढाडमा भित्री चोट, अवस्था सामान्य।

१५. जिल्ला काभ्रे तेमाल गापा-६ बस्ने वर्ष २१ को सौगात त्रिपाठीको दाहिने हातमा भित्री चोट, सामान्य।

१६. जिल्ला सर्लाही कौदेना गापा-१ बस्ने वर्ष २० को राहुलको साहको ढाडमा भित्री चोट, सामान्य।

१७. जिल्ला काठमाडौं काठमाडौं मनपा-३५ बस्ने साइरस तामाङको ढाडमा भित्री चोट, सामान्य।

१८. जिल्ला भक्तपुर सुर्यबिनायक नपा-बस्ने वर्ष२१ कि अनामिका सुवारको बायाँ घुँडामा सामान्य चोट।

१९.जिल्ला धनुषा जनकपुर नपा-११ बस्ने वर्ष २२ को दीपककुमार निधिको आँखामा चोट, सामान्य।

२०. जिल्ला सर्लाही हरिवन नपा-४ बस्ने वर्ष २२ को निरञ्जन साहको दुवै हातमा भित्री चोट, सामान्य।

२१.जिल्ला डोटी शिखर नपा-८ बस्ने वर्ष २१ को रोहित बलायरको घुँडामा भित्री चोट, सामान्य।

प्रकाशित: १८ वैशाख २०८१ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App