२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुदाँ रेडियो धनुषाधामका सञ्चालक यादवको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जना पत्रकारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव रहेको बताइएकाे छ।

आज बिहान करिब ३:५०बजेको समयमा उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका-६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा आफैँ अनियन्त्रित भएर सडक छेउको किनारमा ठोक्किएको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रञ्जन अवालेले जानकारी दिए।

मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दारहेको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ५:४० बजेतिर मृत्यु भएको डिएसपी अवालेले बताए।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाएको छ। मृतक पत्रकार यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने  यसबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ वैशाख २०८१ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App