मोरङको विराटनगरमा दुई समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ।
बुधबार रामनवमीको अवसरमा निकालिएको र्यालीमा सहभागी दुई समूहबीच विवाद भएको थियाे। विवाद चर्कँदै गएपछि झडपको स्थिति र्सजना भएको हो।
स्थानीयका अनुसार एक समूहले निकालेको र्यालीलाई विराटनगर १५ मा अर्काे समूहले अवरोध गरेपछि झडप सुरू भएको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको छ। केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएकाे छ। अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ।
यो पनि पढ्नुहोस्
विराटनगर झडप: १२ वर्षीय बालक सहित ५ प्रहरी घाइते, ३ पक्राउ
तस्बिरहरु: चुमन बस्नेत/नागरिक
![](https://images.nagariknewscdn.com/third-party/1713354245_438246529_1409603486583756_7046709464695851967_n.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1713354244_438115864_965511231300371_7320941899822297409_n.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1713354242_438083792_936848534768989_8737005391100203613_n.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1713354240_438051735_784827373594414_4485263838141225425_n.jpg)
![](https://images.nagariknewscdn.com/third-party/1713354238_438051655_966327341851528_4024494654789453575_n.jpg)
प्रकाशित: ५ वैशाख २०८१ १७:२१ बुधबार