२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कर्णालीमा चैते दसैंमा बिदा नदिइने

कर्णाली प्रदेश सरकारले विगतमा चैते दसैंमा दिइँदै आएको बिदा यो वर्ष नदिइने भएको छ। यो वर्ष चैते दसैं वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको हो।  

हिन्दु धर्मावलम्बीहरुले चैते दसैंलाई महत्वका साथ मनाउने गर्दछन्, तर प्रदेश सरकारले बिदा नदिँदा दसैं मनाउन घर पुग्ने कर्मचारी प्रभावित हुनेछन्। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो। 

यसपटक चैते दसैं वैशाख ४ गते परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८० चैत २९ गतेको निर्णयबाट चैते दसैंको बिदा नदिइने भएको मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ वैशाख २०८१ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App