२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ।

महाराजगञ्ज नगरपालिका ७ गंगौरीका  गरिब मुराउको १५ वर्षीय छोरा रामफेर मुराउको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

पौडेलका अनुसार कन्चनिया खोलामा पौडी खेल्ने क्रममा मुराउको डुबेर मृत्यु भएको हो।

मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०८० १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App