२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय सेनामा कार्यरत एक नेपाली खैरो हेरोइनसहित पक्राउ

लागुऔषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय  काठमाडौंको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राईको साथबाट प्रहरीले ४१ ग्राम खैरो हेरोइन बरामद गरेको छ। यस्तै, १० ग्राम खैरो हेरोइन बिक्री गरेबापत प्राप्त ४३ हजार रुपैयाँ समेत बरामद गरिएको जनाएकाे छ।

पक्राउ परेकामध्ये राई भारतीय सेना (गोर्खा रेजिमेन्ट ) मा कार्यरत सिपाही रहेको खुलेको छ। यसबारे थप अनुसन्धान भैइरहेकाे  छ।

प्रकाशित: २९ चैत्र २०८० १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App