६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खाल्डोमा जमेको पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु

कपिलवस्तुको वाणगंगामा जमेको पानीमा डुबेर २ वर्षीया बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार वाणगंगामा नगरपालिका–१० पटनाको बनगवा गाउँका स्थानीय राजाराम थारुको छोरा बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो।

छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८० १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App