१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको  पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।

बिहान १० बजे घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी-८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परी २ जना बच्चासहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा भुमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ बर्षीय इश्वरी क्षेत्री उनकी श्रीमती ३० बर्षीय सम्झना क्षेत्री, छोरा २ बर्षीय ईभान्सी क्षेत्री रहेका छन्। यस्तै,कास्कीको पोखरा महानगरपालिका- १२ बस्ने ३० बर्षीय सबिता अधिकारी, सोही ठाउँका १५ बर्षीय प्रजोल कंडेल ४२ बर्षीय गिता कंडेल १० बर्षीय जेशन बस्नेत रहेका छन्। घाइतेहरुको अवस्था समान्य रहेको बताएको छ।

गाडी सडकबाट करिब १५० मिटर तल खसेको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको  बताइएको छ। घटनाबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ चैत्र २०८० ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App