१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

लालमटिया वनमा महिला र पुरुषको शव फेला

कपिलवस्तुको बाणगंगा नगरपालिका २ लालमटिया सामुदायिक वनमा महिला र पुरुषको शव फेला परेको छ।

कप्टैया भन्ने स्थानको जङ्गलमा शनिवार साँझ मृत अवस्थामा महिला र पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए।

मृतक पुरुष कप्टैयाकै स्थानीय ५० वर्षीय विष्णु प्रसाद घिमिरे र मृतक महिला कञ्चन गाउँपालिका– ५ निवासी ४५ वर्षीया यमकला राना रहेको रायमाझीले बताए। उनीहरूको शव नजिकै सल्फास नामक विषादी को पोका समेत फेला परेको थियो।

उनीहरूले उक्त विषादी सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ। शवलाई पोस्टमार्टमका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App