१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सन्दीपको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ।

शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया झिकाउन आदेश दिएका हुन्।

सन्दीप पक्षका कानुन व्यवसायी सरोजकृष्ण श्रेष्ठले अब सन्दीपको र सरकारी पक्षको पुनरावेदनमा सुनुवाइ सुरु हुने जानकारी दिए।

उनले नागरिक न्यूजसंग भने, 'कतिपय मुद्दाहरूमा उच्च अदालतले मुद्दा हेर्न आवश्यकता छैन भनेर नहेर्न पनि मिल्छ र मुद्दा त्यहीबाट टुङ्गिन्छ। तर यो मुद्दामा अदालतले झगडिया झिकाउन भनेपछि यो मुद्दा सुरु भएको छ। झगडिया झिकाउन भनेको अदालतले यो मुद्दा स्वीकार गर्यो भन्नु हो। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरावलोकन’ को ढोका खुलेको छ।'

श्रेष्ठले अब जिल्ला अदालतको मुद्दाको पुनरावलोकनको बहस औपचारिक रुपमा उच्च अदालतमा सुरु भएको बताए।

मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ।

प्रकाशित: २३ चैत्र २०८० १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App